लिरा हाउस नेपाल

लिला राधिका निवास (लिरा हाउस) को अवधारणाको विकास

अहिलेको समयको माग

केही वर्ष अगाडी मैले मेरा अभिभावक गुमाएँ । म मेरा बुवा आमासँग धेरै नजिक भएका कारण उहाँहरुलाई गुमाउनुको पिडा उहाँहरुको क्रियाका क्रममा महसुस गरेँ । उहाँहरुमा समाजसेवाको भवना भएको र मलाई सँधै सामाजिक कार्यप्रति उत्तरदायी बनाउन सिकई राख्ने मेरा बुवा आमाले देखाएको बाटोलाई अवलम्बन गर्ने विषयमा सोच्दै गर्दा लिला राधिका मानविय जेष्ठ नागरिक केन्द्रको अवधाराण आएको हो ।

यो संस्थाको मित्रहरुको सहयोगमा सन् २०१३ मा स्थापना गरिएको हो । यस संस्थाको मुख्य कार्यालय राधिका निवास (काठमाडौँ माहानगरपालिका वडा नं १०, नयाँ वानेश्वर थापा गाउँ, सरस्वती मार्ग २९०) मा अवस्थित छ ।

जर्मन कलाकार कार्ल काफेल र नेपाली कलाकार महेश आचार्य र सुन्दर यादवको सहयोगमा लिरा–हाउसको “नेपाली बालबालिकाको लागि ढोका” नामक परियोजना डिसेम्बर २०१५ देखि जनवरी २०१६ सम्म कमिथिला आर्ट ग्यालरी ठमेल काठमाडौँमा सम्पन्न गरिएको थियो । यस कला परियोजनामा, “नेपालका बालबालिकाको भविष्य” भन्ने विषयवस्तुमा रहेर आफ्नो कला प्रस्तुत गरेका थिए । यस परियोजना अन्तरगत यी बालबालिकाहरुलाई हाई स्कूल सम्मकमे शिक्षा प्रदान गर्न सहयोग गर्ने निर्णय गरियो । यस परियोजनाले मलाई मेरा आमाबुवा गुमाउँदाको पीडा कम गर्न र उहाँहरूको सम्झनामा सामाजिक भावनालाई जारी राख्न मद्दत पु¥याएको छ।

लिला राधिका संस्थाका क्रियाकलापहरु आर्थिक सहयोगमा आधारित रहनेछन् ।

नेपालमा जेष्ठ नागरिक केन्द्रको आवश्यकतालाई महसुस गर्दै यसै क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था सँगको सम्बन्ध विस्तारमा यस केन्द्रका मित्रहरु लागि राख्नुभएको छ ।

मैले सन् २०१०मा केही साथिहरुको सहयोगमा वर्लिनमा ूम्भगतकअजभ जगmबलष्तäचभ क्ष्लष्तष्बतष्खभ ाüच क्üमबकष्भल भ। ख्।ू ९क्बतजष् भ। ख्।० नामक संस्थाको स्थापना गरेँ । प्रवासी नागरिकहरुलाई सहयोग गर्ने यस संस्थामा सामाजिक परामर्शदातको रुपमा स्वयंसेवा गर्ने गर्दर्थेँ । हामीले दक्षिण एसिया बाट वर्लिनमा वसोवास गर्दे आएका मानिसहरुलाई सल्लाह र साथ दिने गर्दथ्यौँ । हमीले ज्गmबलष्कत ब्ककयअष्बतष्यल द्यभचष्लि(द्यचबलमभलदगचन प्मöच् ९ज्ख्म्० को परियोजना म्यलन द्यबल व्ब तजभ ष्लतभचअगतिगचब ियगतउबतष्भलत जयकउष्अभ सँगको सहकार्यमा विशेषगरी बृद्ध र बिरामीहरुको सहयोग गर्ने गर्दथ्यौँ ।

“लीला–राधिका“ (लीरा हाउस) को परियोजनालाई थप विकास गर्न एचभीडी र त्यसका कर्मचारीहरु (विशेष गरी बोर्डका पूर्व अध्यक्ष मन्फ्रेड इसेमेयर र उनकी श्रीमती अन्द्रिया क्याथनेर–इसेमेयर) ले गर्नुभएको साथ, सहयोग र सहकार्यले विशेष टेवा पुगेको छ ।

यी २ जनाको सहयोगमा १८ जना जर्मनी सामाजिक कार्यकर्ताका साथमा सन् २०१८मा नेपाल भ्रमण गर्ने मौका मिलेको थियो । यस अध्ययन भ्रमणका क्रममा यस परियोजना किन नेपालम जरुरी छ भन्ने ’boutमा बुझाउन सफल भएँ ।

अध्ययन पश्चात पारेको प्रभाव बाट प्रोत्साहीत भएर हामीले यस परियोजनालाई व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेका छौँ ।

सामाजिक क्रियाकलापका लागि प्रेरणा

म नेपालको पश्चिमी भेगको पाल्पा जिल्लाको किसान परिवारमा जन्म भएको हो । गाउँमा होटलहरुको व्यवस्था नहुने भएकाले पाहुनाहरु आफन्त वा गाउँका घरहरुमा बस्ने खाने गर्दथे त्यस्तै हाम्रो घरमा पनि प्राय पाहुनाहरु आउने गर्दथे ।

मेरा बुवा आमाले “कोही पनि भोको र नाङ्गो हुनुहुन्न र मानिसले छाना मुनि बास्न पाउनुपर्छ” भनेको मलाई अझै पनि सम्झना छ ।

म उच्च शिक्षाका लागि सन् १९८५ मा राजधानी काठमाडौ गएको थिएँ जुन मेरो लागि ठूलो शहर जाने पहिलो अवसर थियो । मेरो खाली समयमा हिन्दुहरुको पवित्र मन्दिर पशुपतिनाथको दर्शन गर्नु मेरो दैनिकी जस्तै थियो । उक्त समयमा मैले मनिसको र्मत्यु भएको र मृत्यु पछिका क्रियाकलापहरुलाई नजिकबाट अवलोकन गर्ने र बुझ्न पाएको थिएँ । त्यसका साथै मन्दिर परिसरमा आउने साधु सन्तहरु र घरबार विहिन तथा अपहेलित भएर मन्दिरमा नै बास बस्ने बृद्ध मानिसहरुका पिडा पनि नजिक बाट नियाल्ने अवसर मिलेको थियो ।

यी अवलोकनबाट प्राप्त अनुभवहरुले मलाई सामाजिक क्षेत्रमा काम गर्ने इच्छा जगायो र समाज र सामाजिक जीवनका ’boutमा अझै जान्ने अभिरुचि बढायो ।

यी बटुलेका अनुभवले मृत्यु पछि जीवनको कुनै अस्तीत्व हुँदैन थाहा भयो र मेरो जीवनभर सेवाको आवश्यकता भएका बृद्धालाई सेवा गर्ने आफ्नो अभिरुची भएको प्रष्ट भयो । तर उचित ज्ञान, शिक्षा र पैसा बिना यो असम्भव हुने भएकाले संस्थागत लक्ष्यका माध्यम बाट मेरो लक्ष्यलाई सफल बनाउनुु हो ।

कडा परिश्रम र लगानशिलताका माध्यमबाट म अधिवक्ता बन्न सफल भएँ र नेपालको सरकारी सेवामा जागिर पाउन सफल भएँ । जागिरका क्रममा संयुक्त राष्ट्र संघका लागि पनि मैले काम गर्ने अवसर प्राप्त गरे उक्त कार्यमा रहँदा म काम गर्न सक्षम गम्भीर दुर्घटनामा परेँ जसले मेरो जीवनमा ठूलो क्षति पु¥यायो ।

उक्त दुर्घटनाको तितो अनुभवले मलाई जीवन र मृत्युका विषयमा फरक विचारको सृजना गरेको थियो र म सँग पुनः जीवन जिउने सक्षामता र आँट पनि थियो ।

संयुक्त राष्ट्रको मिसनबाट फर्किएको दुई बर्ष पछि मैले आफ्नो पढाइलाई निरन्तरता दिने निर्णय गरेर म बर्लिन आएँ र विश्वविद्यालयको शिक्षा सकेपछि यहीँ काम गर्न थालें ।

त्यतिबेला मेरो बुबा ९३ वर्ष र मेरी आमा ८४ वर्षको भएका कारण आफ्नो हेरचाह आफै गर्न सक्ने अवस्था थिएन त्यसैले उहाँहरुको स्वास्थ्यको चिन्ताले सँधै मलाई सताई रहन्थ्यो । म परिवारको कान्छो सन्तान थिएँ त्यसैले मेरो बुवाआमासँगको सम्बन्ध पनि प्रगाढ थियो त्यसैले मेरा बुवाआमाले पनि बुढ्यौलीमा स्याहार र साथको म बाट आशा गरेका थिए र त्यो मेरो जिम्मेवारी पनि थियो ।

म विदेशमा भएका बेला पनि बाबुआमासँगै बस्ने मेरा दुई दाजुभाइले मेरा बुवा आमाको हेरचाह गर्ने गर्दथे तर उनीहरुको मृत्यु बुवाआमाको मृत्यु हुनुभन्दा अगाडि नै भयो जसले मलइै असाध्यै अप्ठ्यारो परिस्थितिमा पु¥यायो जहाँ म बुवाआमाको सेवामा नेपाल फर्कन नसक्ने कुरा न बुवाआमालाई बुझाउन सक्थे न त उहाँहरुको स्वास्थ्यका कारण जर्मनी लाननै सक्थे । तर पनि मैले तत्कालका लागि दाजुकी छोरीलाई बुवाआमाको हेरचाहमा सक्षम बनाएर म जर्मर्नी फर्किएँ ।

म बर्लिन फर्कंदा पनि मैले मेरा बाबुआमाहरुकै विषयमा सोच्दै थिएँ तर मेरी आमालाई अचानक हृदयघात भएर दिनदिनै उहाँको अवस्था बिग्रँदै गएकाले म धेरै चिन्तित थिए । आमाको रेखदेख गर्ने कोही नभएकाले म तुरुन्तै नेपाल फर्केर उहाँको राम्रो हेरचाह हुने ठाउँ वा राम्रो हेरचाह र आवासको व्यवस्था भएको एक नर्सिंग होम खोज्न थाले तर दुर्भाग्यवस, मैले मेरा आमा बुबालाई सेवा प्रदान गर्ने राम्रो संस्था वा ठाउँ फेला पार्न सकिन ।

अवस्था झन् झन् कठिन हुँदै गयो। मैले कल्पना गरेको सहयोग दिन नसक्दा मैले आफूलाई धेरै दोष दिएँ। मैले उहाँहरुलाई धेरै माय गर्ने भएतापनि म आमाबुबाको हेरचाह गर्न बर्लिनको आफ्नो जागिर छोड्न सक्ने अवस्थामा थिइन । कुनै विकल्प नभएकाले मैले मेरो भतिजीलाइ मेरा बाबुआमाको हेरविचार गर्न अनुरोध गरे र मैले मेरा आमा बुबाको घरमा उनीहरूसँग बस्न आवश्यक पर्ने सबै आवश्यक चीजहरू प्रदान गरें ।

बर्लिन फर्कने बेलामा मैले मेरो आफ्नो व्यक्तिगत अवस्था, नेपलको सामाजिक र स्वास्थ्य प्रणालीका विषयमा सोचेँ र मैले नेपालीहरुको सानो, सुखी परिवारको धारणाको विकास हुँदै गइरहेको ’boutमा धेरै सोचें । मानिसहरु अध्ययन र कामका लागि विदेश आकर्षणका रुपमा रहेको छ बुढेसकालका बुवाआमाहरु गउँमा एक्लै जीवन विताउनु परेको विषयमा सोच्दै थिए । यी सबै सोचाईहरुको प्रतिबिम्बको परिणामस्वरुप यस जेष्ठ नागरिकहरूको जीवनका अन्तिम अवस्थामा उनीहरुको सुरक्षा, खाना, आवास, प्रेम र राम्रो हेरचाह प्रदान गर्ने संस्थाको अवधारणा विकास भयो ।

त्यो लिरा हाउसको सुरुवात थियो

धेरै छोराछोरीहरु घरमा बसेर आफ्ना बुवाआमाको राम्रो हेरचाह गर्ने समय नमिल्ने भएकाले उनिहरुको राम्रोे हेरचाह गर्ने स्थान होस् भन्ने चहान्छन् । अहिलेको सँदर्भमा छोराछोरीहरु पढाई र कामका कारण घरबाट टाढा बसोबार गर्ने चलन बढ्दै आईरहेको छ र यस्तो अवस्थामा परिवारलाई सहयोग गर्न धेरै अप्ठ्यारो हुन्छ । नेपालमा जेष्ठ नागरिकका लागि भर्खर मात्र सामाजिक र कानुनी प्रवधानको विकास हुँदै थालिरहेका छन् ।

आफ्नो हेरचाह गर्नका लागि कुनैपनि बच्चा नभएका जेष्ठनागरिकहरु प्नि धेरै छन् र त्यस्ता जेष्ठ नागरिकले आर्थिक र मानसिक तरिकाले आफ्नो ख्याल गर्न नसक्ने भएकाले यस्ता जेष्ठनागरिको सेवा गर्नु जरुरी देखिन्छ ।

यस संस्थाका माध्यमबाट यस्ता साहारा नभएका जेष्ठ नारिकले जीवनका अन्तिम क्षणहरु आत्मा सम्मानका साथ विताउन पाउनेछन् । जीवनका अन्तिम पलहरु कुनै साहारा विना सडक र मन्दिरमा विताउने बाध्यताबाट छुट्कारा दिनका लागि पनि जेष्ठ नागरिक केन्द्रको नेपालमा अत्यन्त जरुरी छ ।

अभावग्रस्त, बिरामी, वृद्ध व्यक्तिहरूलाई उपयुक्त वातावरणमा हेरचाह, सुरक्षा र साथ प्रदान गर्नु नै यस संस्थाको लक्ष्य थियो । लीरा हाउस केवल आर्थिक र सामाजिक रूपले कमजोर व्यक्तिहरूको लागि मात्र नभएर अन्य बृद्धहरुको लागि पनि हुनुपर्छ जसका बच्चाहरूले उनीहरूको आमाबुबाको हेरविचार गर्न सक्दैनन् ।

हाम्रो धर्म

जीवानको अन्तिम चरणमा सबैै मानिसहरुले सम्मानका साथ बाँच्ने र शान्तिले मर्न पाउने भएकाले हामीले यो धर्म लिएका हौँ ।

यस लेखलाई सेयर गर्नुहोस्

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email