लिरा हाउस नेपाल

हाम्रो बारेमा

लिला राधिका मानविय अन्तरसंस्कृतिक जेष्ठ नागरिक केन्द्र, काठमाडौ नेपाल (लिरा हाउस) सन् २०१३ मा काठमाडौ जिल्लामा ….. जेष्ठ नागरिक केन्द्र खोल्ने उद्धेश्यका साथ स्थापना भएको हो ।

नमुना परियोजनाको रुप लिने उद्धेश्य राखेको यो परियोजना काठमाडौँको गैर नाफमूखि संस्था हो । यस संस्थाका संस्थापकहरु सबै नेपाली हुन ।

हाम्रो लक्ष्यहरू

लिला राधिका मानविय अन्तरसंस्कृतिक जेष्ठ नागरिक सेवा केन्द्र, (लिरा हाउस) सन् २०१३ मा स्थापना भएको हो हामीले सहयोगको आवश्यकता भएका र मृत्यु हुँदैगरेका विभिन्न धर्म सम्प्रदायका जेष्ठ नागरिकहरु र उनका आफन्तलाई संस्कृतिक संवेदनशिलताका साथ सेवा प्रदान गर्ने लक्ष्य राखेकाछौ ।

जेष्ठ नागरिकका अन्तिम दिनहरु आत्मनिर्भर र सम्मानका साथ विताउन सहयोग गर्ने विशेष उद्धेश्य राखेको छ । यस केन्द्रले करिब १२० जेष्ठ नागरिकलाई आन्तरिक तथा बाह्य मेडिकल सेवा प्रदान गर्नेछ ।

डे केयरका माध्यमबाट थप १०० जेष्ठ नागरिकलाई दैनिक सेवा प्रदान गरिनेछ । जेष्ठ नागरिक केन्द्रलाई आत्मनिमर्भर बनाउनका लागि फलफूल र तरकारीका लागि बगैँचा तयार पारिने छ । साथै जेष्ठ नागरिकमा उमंग ल्याउनका लागि धर्मशालाको स्थापना गर्ने योजना पनि बनाईएको छ ।

नर्स, स्वयंसेवक र सहयोगीलाई तालिम प्रदान गर्नु यस परियोजनाको अवधारण रहेको छ । ३ वर्षे कार्यक्रम अन्तरगत उक्त तालिम अस्पताल सँगको सहकार्यमा प्रति वर्ष १० जनालाई प्रदान गरिने छ र तलिम सम्बद्ध आवासिय जेष्ठ नागरिक केन्द्रमा प्रदान गरिनेछ ।

एक्लै जीवन यापन गर्न कठिन हुने र आत्मा सम्मानका साथ जीवन जिउने अधिकार बाट परिवारले बञ्चित गराएका जेष्ठ नागरिकलाई उक्त अप्ठ्यारो परिस्थितीमा सहयोग प्रदान गर्ने लिरा हाउस जेष्ठ नागरिक सेवा केन्द्रको उद्देस्य रहेको छ । लिरा हाउसले सम्पूर्ण सेवा, चिकित्सक परामर्श र सहयोग बाधा बिहिन बनाई नमूना परियोजनाका रुपमा ल्याउने लक्ष्य राखेको छ ।

सबै जातजाति, धर्म, सम्प्रदाय, लिंगका जेष्ठ नागरिकलाई आनन्ददायी र सम्मानित जिवायापनका लागि सन्तुलित वातावरणको सामाजिक र चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

कार्यसमिति

डा. धर्मराज भूसाल (अधिवक्ता)
अध्यक्ष

यस परियोजनाको सुरुवात इन्टरकल्चरल आउटप्यटेन्ट होस्पिक सर्भिस डोङ बान जा (बर्लिन) को प्रमुखबाट आएको हो, जसले एक अन्तरसांस्कृतिक अस्पतालको स्थापना र प्रबन्ध गर्ने सम्बन्धमा जर्मनीमा धेरै अनुभव प्राप्त गरिसकेका छन।

डा. भूूसाल सन् १९६५ मा नेपालमा जन्मनुभएको हो । उहाँले कानुनमा विद्यावारिधि, समाजशास्त्र र औद्योगिक ईन्जिनियरीङमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले १४ वर्ष सरकारी सेवा र २ वर्ष यू. एन मा कार्यरत रहेको अनुभव छ । उहाँले नेपालमा रहेका विभिन्न संस्थामा स्वयंसेवक र कार्यसमिति सदस्यका रुपमा कार्य गर्नुभएको छ । उहाँले सन् २०११ मा बर्लिनमा ूम्भगतकअजभ ज्गmबलष्तäचभ क्ष्लष्तष्बतष्खभल ाüच क्üम(ब्कष्भल भ। ख्।ू नामक संस्थाको स्थापना गरि त्यसको अध्यक्षता समेत ग्रहण गर्नुभएको छ ।

उहाँ हाल इन्टरकल्चरल होस्पिक सर्भिस डोङ बान जा (बर्लिन) को प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ सनु २०१४ देखि एशासियसन फर इन्टरकल्चरल वर्कको कार्यसमितिमा हुनुहुन्छ । डा. भूसाल लिरा हाउस काठमाडौँका अध्यक्ष पनि हुनुहुन्छ ।

श्याम प्रसाद खतिवडा
कोषाध्यक्ष

खतिवडा लिरा हाउसका संस्थापक सदस्य र कोषाध्यक्ष हुनुहुन्छ । उहाँ सन् फेब्रुअरी १९ १९६५ मा काठमाडौँको टोखाका जन्मनुभएको हो । स्नातक तहको अध्ययन पुरा गर्नुभएका उहँले नेपाली, हिन्दी र अँग्रेजी भाषामा दक्षता राख्नुहुन्छ । उहाँले कम्पयूटरको तालिम पनि लिनुभएकोछ ।

उहाँ नेपाली काँग्रेसको सक्रिया कार्याकर्ता हो भने १६ वर्षदेखि काठमाडौँ उपत्यका खानेपानी संस्थानको आर्थिक शाखामा कार्यरत हुनुहुन्छ र काठमाडौँ उपत्यका खानेपानी संस्थान कर्मचारी संघमा पनि सक्रिय हुनुहुन्छ ।

उहाँ १२ वर्ष सम्म काठमाडौँ उपत्यका खानेपानी संस्थान कर्मचारी संघको महासचिवको रुपमा कार्यगर्नुभयो भने ३ वर्ष उपाध्यक्षको रुपमा कार्य गर्नुभयो । उहाँ विभिन्न संघ संस्था सँग आवद्ध हुनुहुन्छ ।

रविन्द्र स्थापित
सचिव

स्थापित लिरा हाउसको संस्थापक सदस्य र कार्यसमिति सदस्य हुनुहुन्छ । उहाँले व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ र “द क्वीन्स कलेक्सन काठमाडौं नामक कम्पनीको संचालक हुनुहुन्छ ।

सरस्वती भण्डारी

सन् १९६९मा जन्मनुभएका भण्डारी अध्यापक र सामाजिक कार्यकर्ता हुनुहुन्छ । उहाँ सन् २०१४ देखि इन्टरकल्चरल होस्पिक सर्भिस डोङ बान जा (बर्लिन) को सक्रिय स्वयंसेवकका रुपमा कार्य गर्दै आउनुभएकोछ भने विभिन्न सामाजिक संघ संस्था संग आवद्ध हुनुहुन्छ । उहाँ लिरा हाउसको संस्थापक सदस्य र कार्यसमिति सदस्य हुनुहुन्छ ।

पार्वती भट्टराई

भट्टराई लिरा हाउसको संस्थापक र कार्यसमिति सदस्य हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक कार्यमा आवद्ध हुनुहुन्छ ।

शुशिल पाण्डे

पाण्डे १९७७ मा जन्मनुभएका यस लिरा हाउसका सक्रिय कार्यसमिति सदस्य हुनुहुन्छ । उहाँले व्यवस्थापनमा स्नातक पुरा गरि काठमाडौंमा यूवा ट्राभल एण्ड टुर्स नामक कम्पनीको संचालन गर्दै आउनुभएकोछ ।

अधिवक्ता महेश आचार्य

आचार्य स्याङ्जामा जन्म लिएर काठमाडौँमा बसोवास गर्दै आउनुभएकोछ । उहाँ पेशाले अधिवक्ता र कलाकार हुनुहुन्छ । उहाँले फाईन आर्टस् र राजनितिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएकोछ । उहाँको नेपाली, हिन्दी र अँग्रेजी भाषामा दक्षता छ । उहाँ राष्ट्रिय र अन्तराष्ट्रिय कला पदर्शनीहरुमा भाग लिई विभिन्न पुरस्कार जित्न सफल हुनुहुन्छ । उहाँ विभिन्न संघ संस्था र संजालसँग आवद्ध हुनुहुन्छ ।

सल्लाहाकार समिति

सल्लाहाकार समिति लिरा हाउसका लागि उचित रणतिति र परियोजनाको विकासमा सहयोग पु¥याउने स्वतन्त्र समुह हो । विभिन्न विषयका विज्ञ र अनुभवि व्यक्तिहरुको यो समुहले लिरा हाउसका विभिन्न निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने गर्दछन् ।

यो संरचनाबाट लिरा हाउसको सझेदार संस्था, सरकारी निकाय र अन्तराष्ट्रिय संस्था सँगको समन्वयमा सहयोग पु¥याउँछ र व्यवस्थापकको कार्य र कर्तव्यहरुबाट लिरा हाउसलाई कुनै प्रभाव पर्ने छैन ।

साझेदार संस्थाहरु

आर्थिक सहयोग

परियोजनाको लागत, सहभागिता र सहयोग

जग्गा खरिद, भवन निर्माण र फर्निचरको खरिद र व्यवस्थापनका लागि १.२ मिलियन यूरो खर्च लाग्ने अनुमान गरिएको छ । केही अनुदान, केही जर्मन संघिय आर्थिक सहयोग र विकास मन्त्रालयको सहयोग र केही ऋण मार्फत यो परियोजनालाई सम्पन्न पारिने लक्ष्य लिईएको छ ।

भवन निर्माणका लागि चाहिने जग्गाको अनुदान तथा खरिदका लागि काठमाडौँमा आवश्यक प्रक्रिया अगाडि बढिरहेकोछ ।

तपाई पनि जेष्ठनागरिकको सम्मानित जिवनयापनका लागि सहयोग गर्नुहा्स ।