लिरा हाउस नेपाल

आकर्षक नेपाल – एक यात्रा

एचभिडी बर्लिन–ब्रान्डनबर्गका सदस्य, स्वयंसेवक र कर्मचारीहरू सहितको टोलिलाई सन् २०१८ को अन्त्य तिर नेपालको शैक्षिक भ्रमणमा जान अवसर मिल्यो । यस संस्था केही समयदेखि नेपालको सामाजिक कार्यमा संलग्न रहेको कारण हिमालयको दक्षिणी भागमा रहेको सानो देश नेपाल उक्त भ्रमणको छनोटमा प¥यो ।

विदेश यात्रा सँधै उत्साहजनक र अविस्मरणीय हुन्छन्, त्यस्तै नेपालको आकर्षण र सुन्दरताले मानिसलाई मोहित बनाउन नेपाल पनि पछाडी छैन । १४७००० वर्ग किलोमिटर क्षेत्रफल भएको नेपाल विश्वमा बभेरिया र अष्ट्रिया जत्तिकै ठूलो मानिन्छ । विश्वकै सवोच्च शिखर (८८४८ मिटर अग्लो सगरमाथा सहित विश्वका १० सबै भन्दा अग्ला पहाडहरु मध्ये आठ नेपालमा छन् ।

यस यात्राका क्रममा हामी राजधानी काठमाडौंबाट हिन्दू दाहसंस्कार स्थलहरू, चितवन राष्ट्रिय निकुञ्ज र बुद्धको जन्मस्थल लुम्बिनी सम्म पुग्यौँ । पोखरामा फेवा तालको मनोरम दृश्य, अवस्थित, डुगांमा खोजिएको थियो र अन्नापूर्णाको सेतो चुचुराहरूको दृश्यले आनन्द उठायो । यसको प्रभावशाली किल्लाको साथ गोरखाबाट हामी मध्य पहाडी क्षेत्रको नागरकोट र धुलिखेलसम्म यसको रोचक जीवहरु र वनस्पतियों को लागी जारी राख्यौं। मुख्य आकर्षण भक्तपुरको सानो शहर थियो, जसले यसको गुलाबी इट्टा भवन, कलात्मक काठको नक्सा र भव्य ढुगांका मूर्तिहरूले मंत्रमुग्ध गरेको थियो । काठमाडौंमा यसको हजार अनुहारहरू सहित, हामी दरबार, मन्दिर र मन्दिरहरूको भ्रमण ग¥यौं । २०१५ को विनाशकारी भूकम्पले शहरका थुप्रै वास्तुकला खजानाहरू हान्यो तर महत्वपूर्ण भवनहरू सकेसम्म विश्वासीसाथ पुर्नस्थापित भइरहेको छ (जर्मन फाउन्डेसनको सहयोगमा पनि)।

संस्कृति र धर्मः धेरै चाडहरू र रितिरिवाजहरू, चर्च छैन

नेपालमा संस्कृतिक विविधता छ । । विभिन्न जातजातिका समुहहरुका आफ्नै भाषा र संस्कृति छन् र उनीहरुले आफ्नो भाषा, संस्कृति र परम्परा कायम राख्न उल्लेखनीय भूमिका खेल्ने गर्दछन् । औपनिवेशिक राज्यका रुपमा नेपाल नचिनिनुलाई पनि विविधता संरक्षिणको आधारका रुपमा लिन सकिन्छ । नेपाल राष्ट्रिय गौरव र जातीय आत्मविश्वास भएको देश हो। नेपाल मित्रताको भावनाले भरपुर देश हो र हाम्रो भ्रमण टोलिले चाँडै दुई हात जोडेर नमस्ते गर्न सिक्यो।

नेपालको कुल जनसंख्याको सबैभन्दा ठूलो हिस्सा हिन्दू धर्ममा छ (८० प्रतिशत), र करिब १५ प्रतिशत जनसंख्य बौद्ध धर्मको दाबी छ । यस धर्मका मानिसहरुलाई चर्चका विषयमा खासै ज्ञान छैन । बौद्ध र हिन्दू धर्मका अनुसार मानिसहरुको जीवन आफ्नो कर्मको आधारमा निर्धारण हुन्छ, सकारात्मक र नकारात्मक कर्महरूबाट उत्पन्न हुने शक्तिले पुनर्जन्मको बाटो लिन्छ । धर्ममा विश्वास गर्नेहरुका लागि पूजापाठ र रितिरिवाज धेरै महत्वपूर्ण छन् । आफूलाई पुनर्जन्मको चक्रबाट स्वतन्त्र गर्नु र मृत्यु पछि स्वर्गमा बास पक्का गर्नु नै हिन्दुहरुको धार्मिक कार्यको लक्ष्य हो ।

वृद्धहरूको सेवा गर्नु पुस्तौ देखिको कार्य हो

नेपाल विश्वकै सबैभन्दा गरीब देशहरू मध्यको एक हो, यहाँको आधा जनसंख्या दिनमा दुई यूरो भन्दा कम आम्दानीमा जीवन बिताउन बाध्य छ । संयुक्त राष्ट्र संघको मानव विकास सूचकांकका २०१७ अनुसार नेपाल १८८ देशहरु मध्यमा १४४ औँ स्थानमा छ । देशको स्वास्थ्य सेवा प्रणाली पनि अपुग छ जहाँ दीर्घकालीन स्वास्थ्य बीमाको सुरुवात अझै पनि भएको छैन । सामान्य स्वास्थ्य सेवाको जिम्मेवारी स्थानिय प्रसाशनले लिदै आएको छ तर बृद्ध व्यक्तिहरुको जनसंख्याको आधरमा यो सेवा प्रयाप्त छैन र बृद्धहरुको स्वास्थ्य सेवा र हेरचाह नेपालमा विकराल छ । सन् २०५० सम्ममा यो जनसंख्या दुईगुना बढ्ने देखिन्छ ।

पहिले नेपालीहरुका धेरै सँन्तान हुने गर्दथे र सबै भन्दा ठूलो छोराले घर परिवार र बुढा बुवाआमालाई हेर्ने गर्दथे तर केही वर्ष यता ती चलनहरुमा परिवर्तन हुँदै आईरहेको छ । धेरै बच्चाहरूले आफ्ना अभिभावकको हेरचाह गर्न छोडिसकेका छन् । पढाई र कामका सिलसिलामा खाडि तथा अन्य पश्चिमा मुलुकमा बसाई सर्दै गर्दा उनीहरुले नचाहेर पनि बुढा बुवाआमाहरु भन्दा टाढा बस्नु परेको छ । विशेष गरि अविवाहित र विधवा महिलाहरू बृद्धावस्थामा प्रभावित भएको पाईन्छ ।

देवघाट नगरपालिकाका साथसाथै त्यहाँका स्थानिय बासिन्दाहरूले संचालन गरेको बृद्धाश्रम्को भ्रमण बाट नेपालका बृद्धहरुको वास्तविक अवस्थालाई चित्रण गरेको पाईयो । नेपालको सन्दर्भमा कुनै आफन्त नभएका वा घरपरिवार बाट अपहेलित भएर घरबाट निकालिएका तथा आर्थिक सहयोगको खाँचो भएको भन्ने पुष्टि भएका बृद्धहरुका लागि मात्र यो बृद्धाश्रम सनो सुबिधा मात्र हो ।

भ्रमणका क्रममा भ्रमण टोलिले बृद्ध बुवाआमा सँग कुराकानी गर्ने शिलसिलामा आफ्नो घरमा नबसेर बृद्धाश्रममा वस्दै गर्दा निराश र एक्लो महशुस गरेको थाहा पायो । यी स्थानमा बृद्धहरुको सेवाका लागि चिकित्सा सहयोग र प्रशिक्षित कर्मचारीहरूको अभाव रहेको पनि प्रष्ट हुन पुग्यो ।

मिशनः विकास सहयोग

जापान र युनाइटेड किंगडमको साथसाथै जर्मनी पनि नेपालकालागि एक महत्वपूर्ण द्विपक्षीय दातृ राष्ट्रको रुपमा चिनिन्छ । जर्मन विकास सहयोगले नेपालको स्थानीय स्वशासन, परिवार नियोजन र स्वास्थ्य सेवाको क्षेत्रमा सहकार्य गर्दे आईरहेको छ । तनहँुको देवघाटको भ्रमण गरिसकेपछि नेपाल भ्रमणमा आएको उक्त समूहले यस सामाजिक विकास सहयोग परियोजनालाई समर्थन गर्ने निर्णय गर्यो ।

यस परियोजनाको दिगो विकास गर्नका लागि अनुदान आवश्यक छ । सहयोग बापत प्राप्त प्रत्येक यूरोले नेपालका वृद्धहरूका लागि जेष्ठ नागरिक केन्द्रको विकासमा योगदान पु¥याउँछ ।

Manfred Isemeyer

यस लेखलाई सेयर गर्नुहोस्

Facebook
Twitter
WhatsApp
Email