लिरा हाउस नेपाल

बालबालिकाको परियोजना “बालबालिकाको भविष्यको ढोका”

लिरा हाउसले सन् २०१६ को जनवरी ५ देखि ८ सम्म सम्पन्न भएको “बालबालिकाको भविष्यकोे ढोका” नामक बालबालिका कला गोष्ठीलाई सहयोग गरेको थियो । त्यस गोष्ठीमा ८ जनाले भाग लिएका थिए । विभिन्न क्षेत्र र संस्कृतिका ७ जना सहभागिहरुलाई कक्षा १२ सम्म लिरा हाउसका तर्फबाट अध्ययन सामाग्री र स्कूलका लुगा उपलब्ध गराईरहेको छ ।

यो कार्यक्रम “लिरा हाउस” परियोजनाका विषयमा व्यापक प्रचार प्रसार गर्ने र सरकारका प्रतिनिधी, सरोकारवाला र जनमानसलाई यसका विषयमा जागरुक गराउने एउटा अवसर थियो । जिल्ला प्रसाशन कार्यालय काठमाडौँका प्रतिनिधि र नेपाल कला परिषदका कार्यसमिति सदस्यले कार्यक्रमको पत्रकार सम्मेलनमा भाग लिएका थिए ।

यस कार्यक्रमलाई जर्मन कलाकार कार्ल काफेल र जर्मन ह्यूम्यनिटेरियन ईनिसियटिभ फर साउथ एसिया इ.भि र लिरा हाउस काठमाडौले सहयोग गरेका थिए ।

यस लेखलाई सेयर गर्नुहोस्

Facebook
Twitter
WhatsApp
Email