हाम्रा कार्यक्रमहरु
एक्लै जीवन यापन गर्न कठिन हुने र आत्मा सम्मानका साथ जीवन जिउने अधिकार बाट परिवारले बञ्चित गराएका जेष्ठ नागरिकलाई सहयोग प्रदान गर्ने लिरा हाउस जेष्ठ नागरिक सेवा केन्द्रको विकास गरिएको हो । जेष्ठ नागरिकलाई सहज र उचित सुविधाका साथ सेवा, चिकित्सक परामर्श र सहयोग पु¥याईनेछ ।
कुनै धर्म, सामाजिक स्तर, लिंग, जातजाति तथा सम्प्रदायका मानिसहरुले यस केन्द्रको सुविधा प्राप्त गर्नेछन् । रोगबाट बचाउन र शारिरीक रुपमा तन्दुरुस्त बजनउनका लागि केन्द्रका सबै जेष्ठनागरिकहरुलाई विभिन्न विभिन्न क्रियाकलापमा सहभागिताका लागि प्रोत्सहान गरिनेछ ।
समाचार÷ प्रगति
आकर्षक नेपाल – एक यात्रा
एचभिडी बर्लिन–ब्रान्डनबर्गका सदस्य, स्वयंसेवक र कर्मचारीहरू सहितको टोलिलाई सन् २०१८ को अन्त्य तिर नेपालको शैक्षिक भ्रमणमा जान अवसर मिल्यो । यस संस्था केही समयदेखि नेपालको …
लिला राधिका निवास (लिरा हाउस) को अवधारणाको विकास
अहिलेको समयको माग केही वर्ष अगाडी मैले मेरा अभिभावक गुमाएँ । म मेरा बुवा आमासँग धेरै नजिक भएका कारण उहाँहरुलाई गुमाउनुको पिडा उहाँहरुको क्रियाका क्रममा …
बालबालिकाको परियोजना “बालबालिकाको भविष्यको ढोका”
लिरा हाउसले सन् २०१६ को जनवरी ५ देखि ८ सम्म सम्पन्न भएको “बालबालिकाको भविष्यकोे ढोका” नामक बालबालिका कला गोष्ठीलाई सहयोग गरेको थियो । त्यस गोष्ठीमा …
लिरा हाउसका प्रस्तावहरु
जेष्ठ नागरिकका आवश्यकतालाई उच्च प्र्राथमिकतामा राख्दै यस लिरा हाउसल चिकित्सा जटिलतालाई रोक्न विभिन्न रोकथामका उपायहरु अपनाउनु पर्ने भएकाले केन्द्रको प्रस्तावहरुमा सबैको सक्रिय सहभागिताको लक्ष्य राखीएकोछ ।
नेपालमा पनि परिवारका सदस्यहरु छुट्टिएर बस्न थालिसकेकाले यस केन्द्रको सुविधा आम्दानी कम भएका, नभएका र परिवारले अपहेलना गरेका जेष्ठ नागरिकका लागि हो ।
नेपालमा जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाका लागि मेडिकल इन्सुरेन्सको व्यवस्था नभएकाले कम पूँजी भएका कारण कतिपय जेष्ठनागरिकहरु घरबार विहिन भएर सडकमा बस्न बाध्य छन् र सामाजिक तथा मेडिकल सुविधा लिनबाट बञ्चित छन् ।
वृद्ध अवस्था संवेदनशिल हुन्छ र धेरै किसिमका आवश्यकताहरु हुन्छन् त्यस्ता आवश्यकताहरु पुरा गर्नका लागि यस केन्द्रले सबै जेष्ठ नागरिकहरुलाई एकसाथ विभिन्न क्रियाकलापमा सहभागि गराउने लक्ष्य लिएको छ ।
त्यसैले यस जेष्ठ नागरिक केन्द्रमा जेष्ठनागरिकका सबै चिकित्सा तथा सामाजिक आवश्यकताहरु पुरा गर्ने सुविधाको व्यवस्था गर्ने योजना बनाईएकोछ ।
यस केन्द्रले अपनाउन लागेका मेडिकल र सामाजिक कार्यहरुको अवधारणा दोङ वान जा इन्टरकल्चरल होस्पिक सर्भिस सँगको सहकार्यमा विकस गरिएको हो ।
यस केन्द्रमा बसोबस गर्ने र डे केयरमा आउने पाहुनाका लागि गुणस्तरिय जीवनस्तरको निर्माण गर्नु नै यस कन्द्रको मुख्य लक्ष्य रहेको छ ।
जीवन र त्यसको हेरचाह
ेजेष्ठ नागरिक केन्द्रले १२० जाना जेष्ठनागरीकका लागि मेडिकल सुविधा सहितको बसोवबसको व्यवस्था गर्नेछ भने थप १०० जनाकोलागि डे केयर सुविधाको व्यवस्था गर्नेछ ।
ठूलो बँगैचा
यस जेष्ठ नागरिक केन्द्रलाई आत्म निर्भर बनाउनका लागि फलफूल र तरकारी उब्जानी गर्ने ठूलो बँगैचाको व्यवस्था गरिने छ ।
धर्मशाला
औषधी उपचारका क्रममा उत्पनन हुने मानसिक तनावबाट राहात दिनका लागि केन्द्र भित्र नै धर्मशालाको निर्माण गरिनेछ ।
आवश्यकता परेकाहरुको लागि निशुल्क सुविधा
केन्द्रको आधा भाग आर्थिक अवस्था कमजोर भएर परिवारले हेरचाह गर्न नसक्ने र परिवारबाट अपहेलित भएर घरबार विहिन भएका जेष्ठ नागरिकहरुको लागि निशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
३ स्तम्भमा आधारित आर्थिक कोष
केन्द्रका चलिरहेका कामहरु दान, सरकारी अनुदान र निजि प्र्रायोजक आदिमा आधारित रहने छन् ।
- शुल्क लिईने स्थानबाट लिईने राजश्व
- सेमिनारका लागि अतिथि गृह भाडामा दिँदा आउने आम्दानी
- बँगैचाबाट आउने आम्दानी
नर्सिङ कर्मचारी प्रशिक्षण
नेपालमा नर्सिङ कर्मचारीहरु जेष्ठ नागरिकहरुका लागि सेवा प्रदान गर्न उपयुक्त नभएका कारण लिरा हाउसले पहिलो चरणमा स्वयंसेवाको माध्ययमबाट सेवा प्रदान गर्दै जाने र तालिमको व्यवस्था गरी त्यसलाई निरन्तरता दिईनेछ । यो प्रशिक्षणले नेपालको कुनै पनि संस्कृति र संरचनामा आँच नपुग्ने गरी जर्मन नर्सिङ र स्वास्थ्य सेवा प्रणालीमा आधारित रहनेछ ।
भवन
यो भवन नेपालका ऐतिहासीक भवन जस्तै डिजाईनको बनाईनेछ । एउटा ठूलो खुल्ला आँगनका साथमा उज्यालो छिर्ने सिंगल कोठाहरु बनाईनेछ ।
परम्परागत डिजाईनका भवनहरुका विचमा आधुनिक सुविधा सम्पन्न खालि ठाउँहरु बनाईनेछ जहाँको फराकिलो छत माथिबाट टायल लगाईनेछ ।




डे केयर
६० जानाको लागि डे केयर, करिब ४५ जनाका लागि ५५ वर्ग मिटरको आराम कक्ष, १२० वर्ग मिटरको लाउन्ज क्षेत्र, र विभिन्न बस्ने विकल्पहरु, स्नान कक्ष, भान्सा कोठा, चिकित्सक कक्ष, व्हीलचियर र उपचारका सामाग्री राख्ने कक्ष
संचार
संचार २०० वर्ग मिटरको भोजन कक्ष, २५० जनाको क्षमताको ५० वर्ग मिटरको भान्सा कोठा, महिला र पुरुषका लागि भिन्दा भिन्दै चेन्जिङ रुम, भान्साका कर्मचारीका लागि भिन्दै चेन्जिङ रुम
पाहुना कक्ष
१० कोठा प्रत्यक १२ वर्ग मिटरका हुनेछन् र ४ वर्ग मिटरका बाथरुम हुनेछन्
व्यवस्थापन र आपूर्ति
५ कोठा प्रत्यक २० वर्ग मिटरका हुनेछन्
नर्सिङ स्कूल प्रशिक्षण
६० व्यक्तिका लागि ३ कक्षाकोठा, १ प्रशिक्षण कोठा, १ पुस्तकालय, अभिलेख कक्ष, रात्री कक्ष
मृत्यु र क्रिया
आफन्तकालागि प्रतिक्षालय, चिकित्सक विभाग, भण्डारण कक्ष
व्यायाम कक्ष
पार्किङ स्थल
साईकल र गाडी
अन्य कोठाहरु
हीटर, पानी व्यवस्थापन र शुद्धिकरण
सुरक्षाको प्रवन्ध
सरसफई गर्न र सरसफई गर्ने कर्मचरीका लागि कोठा
बगैँचा
लुगा धुने र सिलाई
सुरक्षा सम्बन्धि कार्यशाला
फलफूल , तरकारी, आदि उत्पादनका लागि खुल्ला जग्गा
गाडी तथा अन्य सामाग्री राख्ने सुविधा
भवनको अवधारणा र विभाजन
यस केन्द्रको ८० जान बिरमीलाई हेर्ने, १०० जनालाई डे केयरका माध्ययमबाट सेवा दिने र १० जनाका लागि अतिथि कक्षको व्यवस्था गर्ने योजना रहेको छ । १ भान्सा कोठा, प्रशासन कक्ष, स्टोर कोठाको पनि थप व्यवस्था गरिने छ । त्यस्तै सेवा प्रदान गर्ने नर्सकालागि प्रशिक्षण कक्षको व्यवस्था पनि गरिने छ ।
प्रत्यक २ कोठाले एउटा ६ बर्गमिटरका बाथरुम प्रयोग गर्नेछन् । त्यहाँ अफिसियल काम, कागजात राख्न, चिकित्सक सेवाका लागि ४० वटा नर्स स्टेसन निर्माण गरिनेछ । केन्द्रका अन्य कोठाहरु यस प्रकार छन्
- शौचालय
- भोजन कक्ष
- केन्द्रिय खाद्य वितरण
- व्यक्तिगत शौचालय
- व्हीलचेयर मैत्री शौचालयको
- सफा र धुने लुगा
कार्यक्रम र सुचना कक्ष
दैनिक कार्यक्रम र तालिका
दैनिक कार्यलाई ८ घण्टाका दरले ३ भागमा विभाजन गरिएकोछ । यो परियोजना यूरोपियन अवधारणाका विपरित भारतीय अवधारणामा आधारित हुनेछ । यो संरचना धेरै समय खुल्ने र रातको समयामा मात्र बन्द हुने तरिकाले बनाईनेछ ।
यस गृहमा सबै परिवारजन कुनै दर्ता विनानै प्रवेश गर्न पाउनेछन् । गोपनियतालाई मध्यनजर गर्दै कोठामा थोरै सदस्यहरुको आवतजावत गर्ने व्यवस्था मिलाईनेछ र भुइ तल्लामा आगन्तुक, परिवारजन, साथीभाई र घरका सदस्यहरुको भेटघाट गर्न र कुराकानी गर्न सम्भव हुने स्थानको व्यवस्था मिलाइनेछ ।
मौसमलाई ध्यानमा राख्दै भित्र र बाहिर दुवै ठाउँमा यस्तो स्थानको व्यवस्था गर्नु पर्दछ । सितलताका लागि रुखको छहारी, जाडो मौसमका लागि पारिलो घाम ताप्ने व्यवस्था गर्न जरुरी देखिन्छ ।
आर्थिक सहयोग
परियोजनाको लागत, सहभागिता र सहयोग
जग्गा खरिद, भवन निर्माण र फर्निचरको खरिद र व्यवस्थापनका लागि १.२ मिलियन यूरो खर्च लाग्ने अनुमान गरिएको छ । केही अनुदान, केही जर्मन संघिय आर्थिक सहयोग र विकास मन्त्रालयको सहयोग र केही ऋण मार्फत यो परियोजनालाई सम्पन्न पारिने लक्ष्य लिईएको छ ।
तपाई पनि जेष्ठनागरिकको सम्मानित जिवनयापनका लागि सहयोग गर्नुहा्स ।